शुक्रबार, बैशाख ७, २०८१

५ लाख भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

सिरहा मंसिर २१ , नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय लहान र अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट संयुक्त टोलीले लहानबाट ठाडीतर्फ लुकाई छिपाई लैजान लागेको भारतीय ५ लाख २९ हजार रुपैयाँ तथा नेपाली ४९ हजार रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो प्रहरीले भगवानुर गाउँपालिका १ स्थित सडकबाट पक्राउ गरिएका अभियुक्तहरुक्रमस सिरहा चमारटोल बस्ने ३२ वर्षीय उमेश कुमार महरा, लहान नगरपालिका बस्ने २९ वर्षीय जिवछ कुमार साह, सोहि नगरपालिका ४० वर्षीय श्रीदेव महतो र सुनसरी रामधोनी नगरपालिका ३९ वर्षीय श्रवण कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

लहानबाट ठाडीतर्फ जाँदै गरेको डब्लुबि ०६ एफ ७२३२ नम्बरको कार जाँच गर्ने क्रममा जिहरुबाट उक्त रकम बरामद भएको जनाउँदै पक्राउ परेका चारै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी चलान गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30