शनिबार, बैशाख ८, २०८१

३ न प्रदेश सरकारले स्वर्ण विजेता खेलाडीलाइ एकलाख पुरस्कार दिने

काठमााडैं मंसिर २३ , प्रदेश नं ३ सरकारले प्रदेशभित्रका १३औँ दक्षिण एशियाली खेलकूदका स्वर्णपदक विजेतालाई रु एक लाख, रजतपदक विजेतालाई रु ५० हजार र कास्यपदक विजेतालाई रु २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी प्रोत्साहनका लागि प्रस्तुत निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यतै विज्ञप्तिमा प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि सैद्धान्तिक सहमति दिनुको अलावा जनता आवास कार्यक्रम कार्यान्वयन पहिलो संशोधन कार्यविधि २०७६ को स्वीकृत संगै विभिन्न अस्थायी कार्यालय तथा आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको उल्लेख गरिको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।