शुक्रबार, चैत्र १६, २०८०

१३ औं साग फुटवल : नेपालद्दारा बंगलादेश पराजित, अव भूटानसंग नेपालको फाइनल भिडन्त हुने

काठमाडौ मंसिर २२,  १३ औं साग अन्र्तगत आज अपरान्ह फुटवल प्रतियोगितामा नेपालले बंगलादेशलाई १-० को अन्तरमा पराजित गर्दै नेपाल १० अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । आजको खेलमा खेलको ११ औं मिनेटमा नेपाली टिमका कप्तान सुजल श्रेष्ठको पासमा सुनील बलले गोल गर्दै नेपाललाई विजयी बनाएको  हो ।

त्यस्तै आनश्चित भएसंगै आफ्नो पराजय निश्चितभएसंगै बंगलादेशका कप्तान जमल भुइया आक्रामक बन्दै नेपाली खेलाडीलाई मुक्का हानेपछि रेफ्रीले निजलाइ रातो कार्ड दिएका थिए । अवको फाइनल खेल भने   ९ अंकसहित फाइनलमा पुगेका भूटान र नेपालवीच मंगलवार फाइनल खेल हुने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।