बिहिबार, चैत्र १५, २०८०

हिउँदे अधिवेशनको पहिलो बैठक: शोक प्रस्ताव पारित, अर्को बैठक पुस ११ मा

काठमाडौ पुस ४ , आजबाट शुरु भएके सङ्घीय संसद्का े हिउँदे अधिवेशनको सुभारम्भ सत्रलाइ उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले निर्धारित समय भन्दा १५ मिनेट ढिलो सांसदलाई स्वागत गरी प्रारम्भ भएको घोषणा गर्नु भएको  छ । सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराको राजीनामासंगै  संघीय संसदको सभामुख हाल रिक्त रहेको छ ।
आजको बैठकको प्रारम्भमा उससभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को ५ औ अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाउएकी थिइन्।

त्यसतै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान पु¥याउने ज्ञातअज्ञात शहीदप्रति एक मिनेट मौनधारण पनि गरिएको थियो । त्यस लगत्तै आजको बैठकमा विभिन्न मितिमा निधन भएका ४ पूर्व सांसदप्रति श्रद्धाञ्जली सहित शोक प्रस्ताव पारित गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । प्रतिनिधिसभाको अर्काे बैठक पुस ११ गते अपराह्न १ बजे बस्ने गरि स्थगन गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।