शनिबार, बैशाख ८, २०८१

हात्ती गौँडामा हरित पार्कको शिलान्यास

भक्तपुर मंसिर ३०/ राम चन्द्र प्रजापति 

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. ५, ६ र ७ को संगमस्थल हात्ती गौँडामा हरित पार्क निर्माण हुने भएको छ । पार्क शिलान्यास गर्दै नेकपाका केन्द्रीय सदस्य तगा संभीय सांसद महेश बस्नेत, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले अज एक कार्यक्रमकावीच संयुक्त रुपमा शिलान्यास गर्नु भएकोछ ।

त्यस्तै शिलान्यास कार्यक्रममा पूर्वमन्त्री समेत रहेका सासंद बस्नेतले  नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको स्वीकृत योजना अनुसार करिव १ करोडको लागतमा आर्थिक वर्ष २०७६ ०७७ मा निर्माण सम्पन्न गर्ने लक्ष्यका पार्क शिलान्यास गरिएको उक्त पार्क निर्माणसँगै सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई विशेष सहयोग पुग्ने जानारी दिनु भएको छ । निर्माणाधिन पार्क आसपासका क्षेत्रमा सुमिङ पुल, ढुङ्गेधारा , कर्वड बास्केट बल खेलमैदान, ओपन जिम, ग्रिन पार्कलगातका संरचना समेत बनाइने योजना रहेको बताईएको छ।

त्यस्तै सासंद बस्नेतले राष्ट्रिय गौरवको आयोजना अन्र्तगत वर्तमान प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा शिलान्यास भएको राष्ट्रिय प्राणी उद्यान केन्द्र पनि स्वीकृतको चरणमा रहेको जानकारी दिदै दुई सय ४४ हेक्टर क्षेत्रफलमा निर्माणको क्रममा रहेको प्राणी उद्यान केन्द्रलाई चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउँनु भएको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली,प्राणी उद्यानका निर्देशक वेदकुमार ढकाल सूर्यविनायक नगरपालिका का मेयर वासुदेव थापा , सुर्यविनायक नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष राज कुमार जोशी , वडा न ६ का वडा अध्यक्ष रामेश्वर ध्वजु ,वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा लगातले बोल्नु भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।