बिहिबार, बैशाख १३, २०८१

सेवाग्राहीसंग २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं पुस ४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाइ सेवाग्राहस्संग घुस लिएको आरोपमा पक्राउ गरेका छ ।

आयोगका प्रवक्ता प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा वडाध्यक्ष डिस्वा मगरले सेवाग्राहीको नाता प्रमाणित, घररगोठ बाटो प्रमाणित तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसँगको मिलेमतोमा २ लाख रुपैयाँ घुस लिएको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले वडाध्यक्ष मगरसहित लेखनदास यादवसमेतलाइ रामग्राम नगरपालिका १८ स्थित होली चाइल्ड स्कुल नजिकबाट पक्राउ गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।