मङ्लबार, बैशाख ११, २०८१

साग पुरुष फुटबल :२-१ गोल अन्तरमा भुटानलाइ पराजित गर्दै नेपालले जित्यो स्वर्ण

काठमाडौ मंसिर २४,  १३औं सागको पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ । नेपाल र भुटानवीच भएको खेलमा नेपालले २९१ गोल अन्तरमा भुटानलाइ पराजित गर्दै स्वर्ण जितेको हो।

नेपालले सुरुवातीमानै अभिषेक रिजालको गोलबाट अग्रता लिए पनि भुटानका चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका थिए । यद्यपी खेलको दोस्रो हाफमा सुनिल बलको दोस्रो गोलसंगै नेपालले जित हाँसिल गरेको हो ।

त्यसोत नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।