शुक्रबार, बैशाख ७, २०८१

समाजवादीद्वारा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिदै आएको समर्थन फिर्ता

संविधान सशोधनका लागि सघर्ष गर्ने

काठमाडौं पुस ९ , मन्त्रीपरिषदको बैठकमा संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरेसंगै रुष्ट बनेका   समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकारलाइ गर्दै आएको समर्थन फिर्ता लिएको लिएको घोषणा सहित समाजवादी पार्टी हव प्रतिपक्षमा रहेर संविधान परिमार्जन र संशोधनको आन्दोलनमा मुखरित हुने बताएको छ ।

संघीय संसदमा १७ जना सासंद रहेका संघीय समाजवादी पार्टीले आज पत्रकार सम्मेलन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता गरेको जनाउ दिएको हो । यसअघि, पार्टीका तर्फबाट उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।

  समाजवादी पार्टीको समर्थन फिर्तासंगै प्रम ओली नेतृत्व सरकारले दुईतिहाइ बहुमत साधारण बहुमतमा झरेको छ तथापी सरकार सन्चालनमा कुनै बाधानपर्ने राजैनैतिक पण्डितहरुले जनाएको छ । त्यस्तै पत्रकार सम्मेलनमा सोही पार्टीका नेता डा बाबुराम भट्टराईले आफुहरु सरकारबाट वाहिरिएसंगै पहिचानमा आधारित संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली स्थापित गर्न सडक र सदनबाट संघर्ष गर्ने जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30