शुक्रबार, चैत्र १६, २०८०

संविधान प्रदत नागरिक स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि विधेयक अस्वीकार्य : काँग्रेस

काठमाडौ पुस १५, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान प्रदत नागरिक स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि विधेयकलाई समर्थन गर्न नसकिने जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सूचना प्रविधि र नेपाल विशेष सेवा गठन सम्बन्धी विधेयकका केही प्रावधानले संविधान प्रदत्त व्यक्तिगत गोपनियताको अधिकारमाथि ठाडो प्रहार गरेको आरोप लगाउनुभएको छ ।

सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल र रु १५ लाख जरिवाना तिर्नुपर्नेजस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्मअनुरूप किमार्थ हुन नसक्ने बताउँदै प्रवक्ता शर्माले सरकारप्रति व्यंग्य र आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई समेत कुण्ठीत गर्ने विधेयक कुनै हालतमा पनि स्वीकार्य नभएको बताउँनु भएको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको नेतृत्वको सरकारको कार्यकालमा अमेरिकी सरकारसँग भएको एमसीसी सम्झौता बताउँदै प्रस्तुत सम्झौता तत्काल संसद्मा पेश गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा वर्तमान सरकारले एक् पछि अर्को गर्दै लोकतान्त्रिक सरकारको आवरणमा पञ्चायती व्यवस्थाको अभ्यास गरिरहेको आरोप लगाउँदै स्वतन्त्र ढंगले निर्णय लिन प्रदेशसभामा रहेका राजनीतिक दलको अधिकार माथि प्रहार गरेको भन्दै अव बस्न प्रदेश सभाको बैठकले आफ्नो अधिकारको रक्षा गर्ने विस्वास व्यक्त गर्दै लाडिएको निर्णय नमान्न सांसदहरुलाई आग्रह गरेका छन । त्यस्तै उहाँले कांग्रेसले नागरिक स्वतन्त्रताका लागि संसददेखि सडकसम्म संघर्ष गर्ने बताउँदै उखु किसानलाई रकम भुक्तानी दिन, नेपाल ट्रस्टको जग्गा विवादका विषयमा छानबिन र कारबाही गर्न तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न समेत सबैमा अपिल गर्नुको भएको छ ।

नेपाली कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनआदरणीय पत्रकार साथीहरू,नेपाली कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा म…

Gepostet von Nepali Congress am Dienstag, 31. Dezember 2019

 

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30