शुक्रबार, चैत्र १६, २०८०

शहरका विभिन्न स्थानमा राखिएका विज्ञापनका होर्डिङ हटाइने

काठमाडौ पुस ११ , केन्द्रीय राजधानी लगायतका क्षेत्रमा शहरको सुन्दरता माथिने आँच आउँने प्रारुमा राखिएका विज्ञापनका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट संगै केलव नेटवर्टका तार लगायतका सामग्री हटाउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विहिवार गृह मन्त्रालयमा बसेको सम्वद्ध तथा सरोकारवाला निकायसहितको बैठकले तत्काल काठमाडौँ महानगरपालिकाभित्र रहेका यी र यस्ता यावत दृष्य पोलुशन गर्ने सामाग्री हटाउँने सम्बन्धमा नितिगत निर्णय भएसंगै प्रस्तुत अभियानले मुर्तात लिन लागेको हो ।

प्राप्त जानकारी अनुसार यसअघि सर्वोच्च अदालतले पटकपटक शहरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाइन दिएको आदेशको कार्यान्वयन चरण अन्र्तगत सरकारले यस अभियानमा पहलदमी लिन लागेको बुझिएको छ।यसको लागि आजदेखि देखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने सरकार र सम्वद्ध निकायको तयारी रहेको बुझिएको छ।

त्यस्तै काठमाडौं महानगरपालिका वाहेकका बाँकी स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारवाही अघि बढाउने बैठक सर्कुिलर जारी गरेको छ । साथै बैठकले अव्यवस्थित टागिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तार हटाउन भने केहि समयसीमा निर्धारण गर्दै सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए तारलाई काटेर हटाउने निर्णय गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।