बिहिबार, बैशाख १३, २०८१

यी हुन मन्त्रिपरिषद् बैठकका २१ बुँदे निर्णय

काठमाडौं पुस ३ , गत मंसिर ३० गते बसेको मन्त्रिपरिषद् बैठकको २१ बुँदे निर्णय सार्वजनिक गर्दै आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बजेट प्रणालीलाई व्यवस्थित गर्न सरकारले चालू आर्थिक वर्षको बीचमा सङ्घ तथा प्रदेशबाट स्थानीय तहमा सःशर्त, विशेष र समपुरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै   मप बैठकबाट काठमाडौ तराई मधेश द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहणका क्रममा सुरुङमार्ग निर्माणको मार्गाधिकारभित्र परेका प्रेमबहादुर मोक्तानसमेत ७ जना र स्वास्थ्यचौकी भवनको २५ रोपनी दुई आना दुई पैसा जग्गाको क्षतिपूर्ति प्रदान गर्ने निर्णय संगै कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय भवन तथा आवासगृह निर्माणका लागि जग्गा अधिग्रकणयसरी जग्गा प्राप्ति गर्दा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यस्तै हेटौडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना र रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको लम्की विस्तार आयोजनामा समेत पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने निर्णय गरिएको छ ।

साथै बैठकले राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसबमोजिम श्यामसुन्दर केसीलगायत ११९ व्यक्ति तथा परिवारलाई कूल रु ५८ लाख पाँच हजार ८९५ सहायता अथवा क्षतिपूर्तिवापत उपलब्ध गराउने निर्णयसंगै बङ्गलादेशको औपचारिक भ्रमणमा सहभागी हुन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको चार सदस्यीय भ्रमण दललाई स्वीकृति दिइएको छ ।

त्यसैगरि मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीमा प्रमुख सचिवको जिम्मेवारीमा रहेका नारायणप्रसाद बिडारी लाई सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव बालकृष्ण घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीमा प्रमुख सचिवको जिम्मेवारीमा रहने गरी सरुवा गरिएको छ भने नेपाली सेनाका सहायकरथी निर्मलकुमार थापालाई उपरथी, महासेनानी नारायण सिलवाललाई सहायकरथी र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानी दर्जामा पदोन्नति गर्नुका अलावा महासेनानी दीप सिंह र प्राविधिक महासेनानी डा अमित जोशीको राजीनामा स्वीकृत गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै मप बैठकले ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर हुँदै सरस्वती कुण्ड सडकको हाललाई उपलब्ध हुने चौडाइमा निर्माणकार्य गरी मौजुदा ठेक्काहरू कार्यसम्पन्नताका आधारमा फरफारक गर्न सैद्धान्तिक स्वीकृति दिइनु साथै स्वास्थ्य संस्थामा रिक्त रहेका पदमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७६ सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ स्वीकृत गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।