शुक्रबार, बैशाख ७, २०८१

यस्तो थियो १३औँ सागको औपचारिक उद्घाटनसत्र

-अनुप प्रधान/ काठमाडौ मंसिर १६ , आइतवार साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को ठिक ५ : ५८ को समयमा उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रको क्रममा र आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक बनाइएको थियो । उद्घाटन सत्रको शुरुमा सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको थियो ।


उद्घाटनसत्रमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताउँदै प्रतियोगितको लागि प्रतियोगिता नभइ साग आफैम सार्क मुलुकबीचको एकता र मित्रता पनि आधारस्तम्भ समेत भएको बताउँनु भएको थियो ।


त्यस्तै सागको उद्घाटनसत्रमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायका नेतागण उपस्थितीमा साग मूल आयोजक समितिका अध्यक्ष एवम्  खेलकुद मन्त्री जगतबहादुर विश्वकर्र्मा, खेलकुदपरिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग प्रतियोगिताको तयारीका विषयमा अभिव्यक्ति दिनु भएको थियो । काठमाडौ पोखरा र जनकपुरमा आजदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको मुल आयोजक समितिले जानकारी दिएको छ ।


मुलुकका सातै प्रदेश पु¥याएर ल्याइएको सागको ज्योति सहित नेपालको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुको अलावा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30