बिहिबार, बैशाख १३, २०८१

यस्तो छ तेह्रौँ सागको शनिवार सम्मको पदक वरियाताक्रम

काठमाडौ मंसिर २२ , १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता अन्र्तगत शनिवार सम्पन्न विभिन्न खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ । पदक तालिकाको प्राप्त वरियाता क्रम अनुसार शिर्ष स्थानमा भारत दोस्रो स्थानमा नेपाल , तेस्रो स्थानमा ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित श्रीलङ्का, २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथोस्थानमा स्थानमा पाकिस्तान रहेका छन ।

त्यस्तैगरि ७ स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ स्थानमा बङ्गलादेश, १ स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा , माल्दिभ्स र छ कास्यसहित पदक पदक जित्दै तालिकाको अन्तिम स्थानमा भूटान रहेका छन् ।

यसैवीच नेपालले शनिवार म्याराथन र कुस्तीमा ११ स्वर्णपदक जितेका छन । यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण पदक जित्दै साग प्रतियोगिताको कुस्तीतर्फ नेपाली खेलाडीले पहिलो पटक स्वर्णपदक जितेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।