शनिबार, बैशाख ८, २०८१

महानगर दिवसमा सहभागी हुन महानगर प्रमुख शाक्यको आव्हान

काठमाडौं मंसिर २१, काठमाडौं महानगरले आगामी मंसिर २८ र २९ गते दुइ दिन आफनो स्थापनाको २५ औं बार्षिकोत्सब मनाउँने भएको छ ।  महोत्सव आयोजनार्थ महानगर दिवस मुल समारोह समितिको बैठकमा समितिका अध्यक्ष एवं महानगर प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले आयोजना गर्ने २ दिनका कार्यक्रमअन्र्तगत महानगरबासी हुनुको गौरव स्थानीयमा अनुभूत गराउन र इच्छुक सबैलाई  दिवसका अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकी, बाद्यबादन तथा प्रदर्शनीमा सिङ्गो महानगर क्षेत्रको सहभागिताका लागि   आव्हान समेत गर्नु भएको  छ ।  त्यस्तै उहाँले यस बर्षको कार्यक्रम बसन्तपुरमा आयोजना हुने जानकारी दिदै महोत्सवको अवसरमा महानगरको सहकार्यमा प्रशिक्षित भएका साना उद्यमीले तयार पारेका बस्तु समेतको प्रदर्शन गरिन जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं शुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमा डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेका छन ।

साथै यसपटकको महोत्सवमा महानगर घोषणा गर्ने तत्कालीन प्रमुख पि. एल. सिंहलाई सम्मान गर्ने महानगरले योजना बनाएको छ । यसअघिको वर्षमा काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै विगतमा जस्तै ज्यापू समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६५ गुथि, गुँला बाजाका २३ वटा समूह, टोलमा राखिएका २ जना जीवित कुमारी र पुलुकिसी, दि प्याँख, लाखे, आकाश भैरव (सवः द्य) गरी ४ नाचसँग सम्बन्धित बाजा गुरु , नियमित कर तिर्ने करदातासंगै सञ्चारकर्मी समेतलाइ सम्मान गरिने महानगरले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।