शनिबार, बैशाख ८, २०८१

मसाभ भेला सम्पन्न

काठमाडौं पुस ४ ,  गोल्डेनगेट इन्टरनेसनल कलेज काठमाडौँद्वारा मसाभको भेला विहिवार सम्पन्न भएको छ । कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले नेपाल र इजरायलको सुसम्बन्धका बारेमा चर्चा गर्नुका साथै मासभको भूमिकाका बारेमा विचार व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रममा मासभअन्तर्गत ए ओफ्री इन्टरनेसनल सेन्टरकी निर्देशक युदित रोजेन्थलले नेपाल भ्रमण गर्दाका आफ्ना अनुभूति सहित मासभले शैक्षिक क्षेत्रमा गरेका योगदानको चर्चा सहित नेपाली नागरिकको क्षमता अभिवृद्धिमा इजरायलले सधैँ मद्दत गर्ने कुरा व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष रविन्द्रकुमार शाक्यले नेपालमा सालोम क्लबले गरेका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो । साथै गोल्डेनगेट कलेजका अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले एक दशक अघिदेखि आफ्नो मासभसँगको सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै यस्तो सुन्दर कार्यकक्रमको आयोजक बन्ने मौका पाएकामा खुसी व्यक्त गर्नुभएको थियो ।

त्यस्तै काठमाडौँ डन बस्को कलेजका निर्देशक तथा मासभका पूर्व विद्यार्थी कपिलदेव रेग्मीले मासभको चर्चा गर्दै दीक्षितलाइ स्वागत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।