बुधबार, बैशाख ५, २०८१

बम बिस्फोटमा प्रहरी निरीक्षक दाहाल सहित ३ को मृत्यु

विस्फोटमा संलग्नलाई कारबाही हुन्छ :गृहमन्त्री थापा

धनुषा मंसिर २८, धनुषाको नगरपालिकाको महेन्द्रनगर बजारमा गएराति भएको बम बिस्फोटमा प्रहरी निरीक्षक अमिरकुमार दाहाल सहित ३ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।त्यस्तै मृत्यु हुनेमा महेन्द्रनगरका राजेश्वर साह र उनका छोरा आनन्द साह रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्राप्त जानकारी अनुसार दुई जनाको घटनास्थलमै र प्रहरी निरीक्षक दाहालको धरानमा उपचारका क्रममा मृत्यु भएको बताईएके छ । त्यस्तै उक्त विस्फोटमा प्रहरी जवान रिजन महतो, मृतकका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत  गम्भीर घाइते भएको उनिहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको जनाइएको छ । बम बिस्फोट किन कसले गराएको हो सो सम्बन्धमा   थप अनुसन्धान भैरहेको धनुषा प्रहरीले जनाएको छ ।

यसैवीच गृहमन्त्री रामबहादुर थापा बादलले सामाजिक सञ्जाल फेसबुकमार्फत धनुषा बम विस्फोटको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताउँदै आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारबाहीको दायरामा ल्याईछाड्ने प्रतिवद्धता अभिव्यक्त गरेका छन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30