शनिबार, बैशाख ८, २०८१

प्रदेश सरकार र काउन्सिलबीच  सहकार्यको सहमति

काठमाडौ पुस ४ , प्रदेश नं ३ सरकारका आन्तरिक मामिला एवं कानून मन्त्रालय र प्रेस काउन्सिल नेपालबीच मिडियासम्बन्धी कार्यक्रममा सहकार्य र समन्वय गर्ने सहमति भएको छ ।

कानून मन्त्री शालिकराम जम्कट्टेल र काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा उल्लेख भएअनुसार प्रदेश नं ३ का पत्रकारलाई पत्रकार आचारसंहितासम्बन्धी जानकारी गराउन प्रादेशिक भेला , पत्रकार आचारसंहिता, मिडियाको सूचीकरण लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख रहेको छ ।

सम्झौात कार्यक्रममा ३ नं प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटा, प्रेस काउन्सिल सदस्य ईवरी   ओझा, नेपाल पत्रकार महासङ्घका महासचिव रमेश बिष्ट, कोषाध्यक्ष राकेश मिश्रलगायतका  पदाधिकारीको उपस्थिती  रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।