शनिबार, बैशाख ८, २०८१

प्रदूषण जाँच गरेरमात्र सवारी चलाउन दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौ पुस २ , सवारी तथा यातायात व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाई आज सर्वोच्चमा रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय रीता कार्की र श्यामकुमार श्रेष्ठले काठमाडौँ उपत्यकामा गुड्ने सवारीसाधनको प्रभावकारी रूपमा प्रदूषण जाँच गरी मात्र सञ्चालन अनुमति दिनुपर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको हो ।

दायर रिट निवेदनमा भाडाका सवारी दुईपाङ्ग्रे र चारपाङ्ग्रेलाई स्थायी रुपमै जोर बिजोरको तालिकाअनुसार सवारी साधन सञ्चालन गर्न सरकारको नाममा आदेश माग गर्नुको अलावा २० वर्षे पुराना सवारीसाधन काठमाडौँ उपत्यकामा गुड्न नदिने गरी प्रकाशित गरेको सूचनाको प्रभावकारी कार्यान्वयनको माग समेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।