बिहिबार, चैत्र १५, २०८०

प्रतिनिधिसभाको बुधबारका लागि पूर्वनिर्धारित बैठक स्थगित

काठमाडौ पुस १५, प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

सभामुख चयनलगायत विषय दलहरूबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ । यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।