शनिबार, बैशाख ८, २०८१

पिकनिक गएका विधार्थी सवार बस दुर्घटना, २२ विधार्थी घाइते

भक्तपुर मंसिर २७, घ्याम्पेडाँडामा पिकनिक मनाउन गएका काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजका विधार्थी सवार बस बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् ।
सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा पिकनिकका लागि गएका ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केको जनाउँदै उदि बस रुखमा नअड्केको भए ठूलो दुर्घटना हुने प्रहरीले जनाएको छ ।

यद्यपी बस दुर्घटनामा बसमा सवार विधार्थीमध्ये २२ जना घाइते भएको जानकारी दिदै प्रहरीले दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।