शुक्रबार, बैशाख ७, २०८१

पर्यटक भिसामा नेपाल आएर अनेकन गैरकानुनी गतिविधि गर्दै बसेका ९० जना भन्दा बढि चिनियाँ नागरिक पक्राउ

काठमाडौ पुस ७,   प्रहरीले पर्यटक भिसामा नेपाल आएर नेपालमा अनेकन गैरकानुनी गतिविधि गर्दै बसेका ९० जना भन्दा बढि चिनियाँहरुलाई पक्राउ गरेका छन । प्रहरीका अनुसार गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनिहरुलाइ सोमवार पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार  निजी घर भाडामा लिने तथा अपार्टमेन्टमा बसेर अवैध धन्दामा संलग्न हुने गरेको सूचनाको आधारमा परिसरले ‘विशेष अपरेसन’ नै चलाएर सोमबार बूढानीलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट ९० जना चिनियाँ पक्राउ गरेको सुवेदीले बताए । ‘अहिलेसम्म पक्राउ परेका सबै चिनियाँ नागरिक भएको जजानकारी दिएक छन ।

चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको जानकारी दिदै पक्राउ परेका  चिनियाँनागरिकहरुबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरिएको र उनीहरुका गतिविधिको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30