बिहिबार, बैशाख ६, २०८१

नेपालको परम्परा, कला र संस्कृति जोगाउन ज्यापू समुदायको भूमिका महत्वपूर्ण : उपप्रम पोखरेल

ज्यापू दिवसको अवसरमा ज्यापू समुदायका दर्जनौं व्यक्ति सम्मानित

काठमाडौं मंसिर २६ , १६ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पुन्ही आज विविध कार्यक्रम सहित मनाइएको छ । दिवसको अवसरमा ज्यापू संस्कृति कोषद्दारा आज राजधानीको बसन्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ज्यापू समुदायका दर्जनौं व्यक्तिहरुलाई विधागत रुपमा सम्मान  गर्दै नेपालमा परम्परा, कला र संस्कृति जोगाउन ज्यापू समुदायको उल्लेखनिय भुमीका रहेको बताउँदै ज्यापु संस्कृति विकास कोषलाई व्यवस्थित गर्न सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

आजको कार्यक्रममा सम्मानीत हुने उपन्यासकार सुरेन्द्र महर्जनलाइ ‘अमर’ विषेश सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै ज्यापू बाल प्रतिभा पुरस्कारबाट गुन्जन महर्जन ,यसैगरी शैक्षिक विधामा जुजुमान महर्जन, खेलकुदववधामा सुनिता महर्जन र उज्ज्वल महर्जन, संस्कृति र सङ्गीतबाट नरेश प्रजापति , सञ्चारविधामा लक्ष्मणमान डंगोल र रत्नकाजी महर्जन, कलाविधामा मनिका डंगोल, समाजसेवाविधामा सरिता महर्जन, सुवर्ण केसरी महर्जन, कृष्णलाल महर्जन, बाबुकृष्ण महर्जन, डा मृगेन्द्रलाल सिंह, हरिराम जोशी, कृष्ण गोपाल श्रेष्ठ, देव नेवार, एसपी प्रधान, सोम बहादुर श्रेष्ठ, डा हिरामन प्रधान, जितेन्द्रलाल श्रेष्ठ ‘रसिक’, रत्नकेशरी प्रजापति, रत्नकाजी महर्जन, भाइराजा महर्जन, ज्ञानमाया महर्जन, जोगलाल महर्जन, नारायणकृष्ण महर्जन, बुद्धि बहादुर महर्जन, तुल्सी बहादुर घवास्, पुर्णमान महर्जन र तीर्थनारायण महर्जन लगायतलाइ नगद पुरस्कार र पदक सहित सम्मानित गरिएको थियो ।

कोषका अध्यक्ष मंगल सिंहको सभापतित्वमा सम्पन्न प्रस्तुत कार्यक्रममासमारोहमा काठमाडौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, कार्यक्रम संयोजक सन्त कुमार महर्जन, युवराज दुवाल, संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठ ,पूर्व राज्यमन्त्री तीर्थराम डंगोल, प्रदेश सासंद राजेश शाक्य, गोदावरी नगरपालिकाका प्रमसख गजेन्द्र महर्जन, ललितपुर उप महानगरका प्रमसख चिरीबाबु महर्जन, भक्तपुरका मेयर सुनिल प्रजापति लगायतको उपस्थित रहेको थियो ।

औपचारिक कार्यक्रमपूर्व नेवारी बाजागाजा र परम्परात्मक भेषभूषा सहितको  र्‍याली लगन, जैसीदेवल, मरु गणेशस्थान, प्याफल, यट्खा, क्षेत्रपाटी, ज्याठा, खिचापोखरी, ओमबहाल, मरु टोल हुँदै पुनः बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।