बिहिबार, चैत्र १५, २०८०

नागरिकको मौलिक हक प्रतिकूलका विधेयक काँग्रेसका लागि अस्वीकार्य , विरोधको सूचना दर्ता

काठमाडौ मंसिर ३०, नेपाली काँग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्ति जारीमा संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता हित विपरीतका विधेयक प्रस्तुत गर्ने चेष्टा नर्गन सरकारलाई चेतानवी सहित नागरिकको स्वतन्त्रतालाई समाप्त गर्ने भन्दै संविधान प्रतिकूल ऐन बनाउने कार्य काँग्रेसलाई स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै नागरिकको संविधानप्रदत मौलिक हकको प्रतिकूलका विधेयकलाई तत्काल फिर्ता गर्न काँग्रेस संसदीय दलले माग गरेको छ ।

यसैवीचकांग्रेसका सांसद प्रकाश पन्थले प्रस्तुत विधेयक’ राष्ट्रियसभा बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराउनुभएको छ ।  प्रस्तुत विधेयक नेपालको संविधानको मौलिक हकप्रदत नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भङ्ग हुने कारण सहित े विरोधको सूचना दर्ता गराउनुभएको हो

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।