बिहिबार, चैत्र १५, २०८०

डब्लुएचओ सर्टिफाइड नभएका औषधि र खोप नेपाली बजारमा प्रयोग हुँदै  

काठमाडौ मंसिर २९, नेपाली औषधि बजारको खपटका लागि चीन, इन्डोनेसिया र बंगलादेशबाट आयात गरिएको औषधी तथा खोपहरु डब्लुएचओ जिएमपी सर्टिफाइड नभएको खुलासा भएका  छन । पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले आज बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा  यी देशबाट आयात गरिएका औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको खुलासा गर्दै आम नेपालीले सामान्य देखि गम्भीर प्रकृतिका रोग निवारणका लागि प्रयोग गर्दै  आएका विभिन्न नामका औषधि होस वा भ्याक्सिन यी प्राय सवै औषधिका लागि औषधि मात्र भएको बताउँनु भएको छ ।

साथै उहाँले यसरी आयात गरिएका औषधि र भ्याक्सिन स्थानीय तहमा प्रयोगका लागि पुर्‍याउँदा त्यसको टेम्प्रेचर कायम राख्नुपर्ने हुन्छ तर टेम्पेचर कायम राख्ने त्यस्तो कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुन नसकेको उहाँको भनाइ रहेको थियो । एकातर्फ डब्लुएचओ जिएमपी सर्टिफाइड नहुँनु अर्को तर्फ टेम्पेचर मापन नहुँनुले यस्ता औषधिको प्रयोले रोग निवारण भन्दापनि थप रोगलाग्ने वातावरण अर्थात साइड इफेक्ट गर्ने आशय अभिव्यक्त गर्नु भएको छ ।

त्यस्तैसमिति सभापति जयपुरी घर्तीले औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवस्यक रहेको जनाउ दिदै महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन् ।

बैठकमा सहभागी औषधि विज्ञहरुले बजारमा चलेको हल्ला जस्तो नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परीक्षणका लागि नभएको बताउँदै अन्य मुलुकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको दावी गरेका छन । त्यस्तै जहाँसम्म डब्लुएचओ जिएमपी सर्टिफाइड र टेम्पेचरको प्रसंग छ त्यो नियमक निकायले हेर्नुपर्ने बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।