शुक्रबार, बैशाख ७, २०८१

जन प्रतिनिधीलाइ शासकीय अहमता नराख्न मन्त्री त्रिपाठीको सुझाव

काठमाडौ मंसिर २९, काठमाडौं महानगरपालिकाको २५औँ दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले जनप्रतिनिधीले जनमतको कदर सहित शासकीय अहमता नराख्न सुझाव दिनुभएको छ ।  साथै उहाँले  यदि जन प्रतिनिधीमा शासकीय अहमता सिर्जना भयो भने त्यो अहमता स्वभाविकरुपमा पतन उन्मुख हुने तर्फ सचेत हुन आग्रह गर्दै उहाँले काठमाडौंको गरिमा बचाउनका लागि मात्र नभइ संघीयताको जग बलियो बनाउन पनि महानगरका उदाहरणीय कार्य गर्नुपर्नेमा जोड दिनु भएको छ । त्यस्तै उहाँँले काठमाडौंको बिरासत ठूला रहनुको अलावा राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी भएकै कारण सबै मिलेर यसको गरिमालाइ अक्षुण्ण राख्न आवयक रहेको बताउँनु भएको छ।

त्यस्तै कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर , संघीय संसद सदस्य जीवनराम श्रेष्ठ ,प्रदेशसभा सदस्य नारायण सिलवाल लगायतले महानगरको बिकास र समृद्धिका लागि आवश्यक कामको फेहरिस्त बनाउँद महानगरको गरिमालाई थप प्रभावकारी बनाउँन प्राप्त उपलब्धीको रक्षा सहित योजनावद्ध थप कार्यक्रमको कार्यान्वयनमा जोड दिनुभएको छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिवद्ध रहेको बताउँदै यसवीचमा आइपर्ने हरेक चुनौतीका वाजुद पनि काठमाडौंलाई सहयोगापेक्षी मानवमुक्त बनाउन थालिएको अभियान संगै यहाँको मूर्त अमूर्त सांस्कृतिक सम्पदालाई संरक्षणमा महानगर सदैव तत्पर रहेको बताउँुन भएको छ ।

टोल कुमारी सम्मान ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु सम्मान र सम्पत्ति करतर्फ वडा ६ का छेतेन ग्युर्मान श्रेष्ठलाई सम्मानित गरियो । उहाँले ४ लाख ६४ हजार ३८४ रुपैयाँ कर तिर्नुभएको थियो । त्यस्तै बहाल करतर्फ वडा ११ की जया राज्य लक्ष्मी शाहलाई सम्मान गरियो भने व्यवसाय करतर्फ वडा ५ मा रहेको उपमा डेभलपर्स प्रा. लि. लाई सम्मानित गरिएको थियो ।

त्यस्तै गरि सम्मानपत्र र रु ५० हजार राशीको शुशासन पत्रकारिता पुरस्कारबाट  नेपाल समाचार पत्रका ईश्वरराज ढकाल, नागरिक दैनिकका हिमाल लम्साल, नयाँ पत्रिकाका तीर्थ बस्नेत, राष्ट्रिय समाचार समितिका शर्मिला पाठक, राजधानी दैनिकका केशव पाण्डे, झीँगु डट कमका रेखा शाक्य र लहना बाः पौ साप्ताहिकका नृपेन्द्र श्रेष्ठ हुनुहुन्छ । त्यस्तै संस्थागततर्फ नेवा अनलाइन र गोरखापत्र दैनिकलाई सम्मानित गरिएको थियो भने महानगरमा २५ बर्ष नियमित सेवा गर्ने १७ जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30