शनिबार, बैशाख ८, २०८१

चलचित्र विकास वोर्ड अध्यक्ष भट्टराईको निधन

काठमाडौं मंसिर ३०, चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । भट्टराईको आईतबार राती साढे १० बजे चाबहिलस्थित ओम अस्पतालमा उनको निधन भएको हो ।

वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका भट्टराईलाइ उपचारार्थ ओम अस्पताल लगिएको थियो। उनको मृत्युको कारण खुलेको छैन । यद्यपी हृदयघातका कारण उनको निधन भएको बताईए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने अस्पतालले जनाएको छ ।  भट्टराईको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।