मङ्लबार, बैशाख ११, २०८१

गोकर्ण रिसोर्टको सम्झौता नवीकरणबाट राज्यलाई थप लाभ भएको उपप्रधानमन्त्री पोखरेलको जिकिर

काठमाडौ पुस १०, नेपाल ट्रष्टको कार्यालय र गोकर्ण फरेष्ट रिसोट सञ्चालक कम्पनी यति होल्डिङ्ग्सबीच भएको सम्झौताको सवालमा सडक देखि सदनसम्म अनेकन चर्चा परिचर्चा चल्न थालेको छ ।

यसै विषयमा आज बसेको राष्ट्रियसभाको बैठकमा प्रस्तुत सम्झौात प्रकरणमा जानकारी दिदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको र बजारमा चलेको हल्ला जस्तो केहि नभएको बताउदै सम्झौता अवधि पाँच वर्ष बाँकी रहेको अवस्थामा नयाँ संरचना बनाउनका लागि कम्पनीको मागबमोजिम सरकारले ५० वर्षका लागि नवीकरणको निर्णय गरेको र यसरी गरिएको सम्झौता बजार मूल्य र राज्यलाई थप लाभ हुने गरी भएको बताउँनु भएको छ ।

साथै उहाँले ट्रष्टले सम्झौता पुनरावालोकनका लागि गठन गरेको कार्यदलको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको बताउनुभयो । उहाँले चार्टर एकाउन्टेन्ट संस्था, नेपाल पर्यटन बोर्ड र गोकर्णेश्वर नगरपालिकासँगसमेत फेयर मार्केट भ्याल्यु मूल्याङ्कन गर्दै सम्झौता भएको जानकारी दिदै केही समयपछि प्रस्तुत सम्झौताबारे श्वेतपत्र जारी गर्ने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।