बिहिबार, बैशाख १३, २०८१

कोहलपुर घटनाप्रति काँग्रेसको ध्यानाकर्षण

काठमाडौ मंसिर २२,  नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र यसवीचमा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भीर रुप लिई सर्वसाधारण नागरिकलगायत सुरक्षाकर्मीसहित दर्जनौँ घाइते हुने अवस्था बन्नु अत्यन्त दुःखद् भएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा कोहलपुरमा उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेको उपचारको व्यवस्था गर्न तथा घटनाका दोषीलाई तत्काल कारवाहीको प्रक्रिया थाल्न सरकारसँग माग गर्दै सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।