शुक्रबार, चैत्र १६, २०८०

कोहलपुरको प्रदर्शन नियन्त्रणमा लिन जिप्रका बाँकेद्दारा कर्फ्यू आदेश जारी

बाँके मंसिर २२,   कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको ना२ख ९४५९ नंको मालवाहक ट्रकले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत बालिका प्रकृति चन्दको ट्रकले दिएको ठक्करका कारण सिर्जना भएको कोहलपुरको तनावले हिंसात्मक रुप लिएपछि   जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू  आदेश जारी गरिएको छ ।

प्रदर्शन झनै चर्कदै गएपछि प्रहरीले कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको प्रशासन कार्यालयले जारी सूचनामा उल्लेख गरिएको छ । त्यस्तै ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी बालिका चन्दलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । वालिका चन्दको घटनाका कारण दुबै खुट्टा गुमेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

छ ।