शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंका सडकबाट ४ दिनमा २१५ जना सडक आश्रितको उद्धार

काठमाडौं पुस ४ , २५ औं महानगर दिवसको अवसरमा शुभारम्भ गरिएको बेसारा, अभिभावकबिहिन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान अन्र्तगत रातको समय सडक किनारामै सुत्ने २१५ जना व्यक्तिको उद्धार गरिएको छ । महाअभियान सञ्चालको क्रममा ३१ जना महिला, ३ जना बालक र १ जना बालिकाको सडक आ सडकबाट मानिसलाई उद्धार गरिएको अभियानमा सहकार्य गर्दै आएको मानव सेवा आश्रमका ३ नं. प्रदेश इन्चार्ज सुमन बर्तौलाले जानकारी दिएका छन ।

त्यस्तै शुक्रबार सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको ‘ घोषणा मुल व्यवस्थापन समिति’ को बैठकमा प्रस्तुत आंकडा प्रस्तुत गर्दै इन्चार्ज बर्तौलाले उद्धार गरिएकामध्ये १२९ जना पुरुष, १४ जना महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको विवरण समेत प्रस्तुत गरेका छन । साथै यसमध्ये सहयोग गर्नु पर्ने भनेर पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ भने ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको जानकारी दिएका छन ।

त्यस्तै आजको बैठकमा महाअभियानका संयोजक तथा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार गरिएका हरेक व्यक्तिको उद्धार पूर्वको अवस्थालाई तस्विर र भिडियोसहितको व्यवस्थित अभिलेख बनाउन निर्देशन दिदै अभियानलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सडकबाट मानिसलाई उठाउँदा आइपर्ने सम्भावित प्रक्रियागत तथा व्यवहारिक जटिलतालाई सहज बनाउन कार्यबिधि बनाएर अघि बढ्न सुझाव दिदै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको अगुवाईमा कार्यबिधि तयार पार्दै कार्यान्वयन गर्न आवश्यक रहेको बताउँनु भएको छ । त्यस्तै बैठकमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, महानगरीय प्रहरी आयृक्तको कार्यालय रानीपोखरीका बरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवाली , महानगरका कानुन महाशाखा प्रमुख बसन्त आचार्य लगायतले अभियान केन्द्रीत अभिव्यक्ति दिनु भएको थियो ।

साथै आजको बैठकमा हरी शुशासन बिभागका प्रमुख एवं मुल व्यवस्थापन समितिका सदस्य सचिव हरि कुँवरले महानगरभित्रका सडकमा धेरै खालमा माग्नेहरु रहेको र यस मध्ये हाल जारी राती सडकमा सुत्ने अवस्थाका मानिसलाई उद्धार अभियान लगत्तै दिनमा माग्ने र माग्ने कामलाई पेशा बनाउने क्रमस दृष्टिबिहिनहरु जो, सडकका किनारामा गीत गाउँदै माग्ने र कोही बिरामी आफैं र कोेही बिरामीका आफन्त भएको जनाउँदै, दीर्घ रोगको उपचारका लागि सहयोग गरिदिनोस् भनेर सडक किनारामा माग्दै आएकालाइ उद्धार गरिने बताए ।

आजको बैठकमा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्मा, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवार, नेपाल टेलिकमका व्यापार अधिकृत शिवकुमार भट्टरायसहित सरोकारवाला कार्यालयका अधिकारलगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।