बिहिबार, बैशाख १३, २०८१

काँग्रेस प्रवक्ता शर्माले भने- बर्लिनको पर्खालझैं धरानमा नेकपाको लहर ढल्यो

काठमाडौं मंसिर १६, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन अन्तएगत धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा फराकिलो अन्तर सहित काँग्रेसका उम्मेदवार तिलक राई निर्वाचित भएका छन । निर्वाचित उम्मेदवार राईलाइ बधाइ ज्ञापन गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत बधाइ दिने क्रममा  वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको आशय अभिव्यक्त गर्नु भएको छ।

वामपन्थीहरुले धरानमा सधैं लालझण्डा हुन्छ भन्ने सोचेको तर सबैभन्दा माथि जनताको मत हुन्छ भन्ने विर्सिएको बताउँदै वामपन्थीहरुले बर्लिनको पर्खालझैं धरानमा आफ्नो लहर ढलेको थाहा नपाएको जिकिर गर्नु भएको छ ।

कांग्रेसका प्रवक्ता शर्माले लेखेका छन्,  कसैले भने `पश्चिम् बंगाल´ हो धरान l लालझण्डा यहाँ सदैब माथी रहन्छ ! बिर्सिए सबै भन्दा माथी जनताको मत रहन्छ ! तिनलाई पत्तै भएन पश्चिम् बंगालको राज अलिअघी स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं ! आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु l विन्रम बधाई धरानलाई !

स्मरण रहोस विगत देखिनै धरान उपमहानगरपालिका तत्कालीन नेकपा एमाले हाल नेकपाको वचश्र्व रहदै आएको थियो । तर यसपटक काँग्रेसले त्यो वचश्र्व तोडेको अवस्था रहेको छ । यसअघि २०७४ को निर्वाचनमा धरान उपमहानरपालिकाबाट एमालेका तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार तिलक राई पराजित भएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।