शुक्रबार, चैत्र १६, २०८०

उपेन्द्र यादवको राजीनामा कागलाइ वेल पाक्यो हर्ष न विस्मात

उपेन्द्रको संविधान संविधान संसोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले गरे ठाडै अस्विकार

काठमाडौ पुस ८, समाजवादी पार्टीका नेता उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।

यस अघि समाजवादी पार्टीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । ज्ञात रहोस नेकपा नेतृत्वको सरकारमा समाजवादी पार्टीका दुई मन्त्री रहेका छन् ।

उपेन्द्र यादवले हिजो बसेको मन्त्रिपरिषद बैठकमा संबिधान संसोधनको प्रस्ताव राखेका थिए । उपेन्द्रको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले ठाडै अस्विकार गरेसंगै यादवले राजीनामाको मानसिकता बनाएको बताएको छ ।

यसैवीच प्रम ओलीले मन्त्री परिषदको पुर्नगठन गर्दै यादवलाइ उपप्रम तथा स्वास्थ्ष्बाट कानुन मन्त्रालयको जिम्मेवारी दिएको वखतमानै राजीमानामा गरेको भए त्यो राजीमनामाको अर्थ रहने तर अहिलेको राजीनामाले कैनै महत्व नराख्ने बताउँदै राजनैतिक पण्डितहरुले भने यादवको राजीनामा ओली नेतृत्वको नेकपा सरकारका लागि कागलाइ वेल पाक्यो हर्ष न विस्मात भएको  बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।