शुक्रबार, चैत्र १६, २०८०

उपनिर्वाचन २०७६ः यस्तो छ ५२ स्थानको नतिजा

काठमाडौं मंसिर १६, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको  ५२ स्थानको मतपरिणाम घोषणा भएको छ । घोषित परिणामा अनुसार सत्तारुढदल नेकपाले प्रतिनिधिसभा सदस्य १ , प्रदेशसभा सदस्य १ , ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष पदमा जित प्राप्त गरेका छन।

त्यस्तै नेपाली काँग्रेसले १ प्रदेशसभा सदस्य धरान उपनगरपालिका प्रमुख १ पदमा जित प्राप्त गरेका छन । त्यस्तै बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन ।

४३ वडाध्यक्षमध्ये नेकपाले २५, नेपाली काँग्रेस १२, राष्ट्रिय जनता पार्टी नेपाल ३, संघीय समाजवादी पार्टी २ र विजयी घोषित हुँदै गर्दा १ जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।