शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाको न्युनतम तापक्रम ० दशमलब ९ डिग्री सेल्सियस मापन

काठमाडौ पुस १० , मौसम पूर्वानुमान महाशाखाले आज उपत्यकाको न्युनतम तापक्रम ० दशमलब ९ डिग्री सेल्सियस मापन गरेको जनाउँदै आज यो वर्षकै सबैभन्दा चिसो मापन भएको जनाएको छ।

महाशाखाकाअनुसार बुधवार २ दशमलब ९ डिग्री मापन भएकोमा   आज ० दशमलब ९ डिग्री सेल्सियस मापन भएसंगै एकदम चिसो महसुस भएको जनाएपनि दिउसोको अधिकतम तापक्रम भने १६ दशमलब भन्दा माथि पुग्ने अनुमान महाशाखाको गरेको छ । त्यस्तैआज देशका पूर्वी र पश्चिमी भेगका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जनाउँदै काठमाडौंको मौसम आज सामान्यतया सफा रहने बताएको छ ।

यसैवीच मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तराईको हुस्सु र शितलहर बुलेटिनमा हाल तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सुरकुहिरोको लागेको जनाएके छ । साथै आगामि २४ घण्टाको आंकलन अन्र्तगत पश्चिम तराईका जिल्ला कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर र मध्य तराई अन्र्तगत चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाहि, धनुषा, परासी र पूर्व तराईका महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापामा बाक्लो हुस्सु र कुहिरो लागे पनि अपरान्ह पछि हट्ने जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।