बिहिबार, बैशाख १३, २०८१

उखु किसानको समस्याप्रति संवेदनशील भइ समस्या समाधानमा गर्न आयोग आग्रह

काठमाडौ पुस १५, राष्ट्रिय मानवअधिकार आयोगले सर्लाही, रौतहट, नवलपरासीलगायतका उखु किसानले विगत लामो समयदेखि चिनी उत्पादक कम्पनीबाट उखुको रकम भुक्तानी नपाएको विषयलाई लिएर काठमाडौँ गरिएको प्रदर्शनप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज एक विज्ञप्तिजारी गर्दै संयुक्त राष्ट्र सङ्घले अङ्गिकार गरेको व्यवसाय र मानव अधिकारसम्बन्धी निर्देशक सिद्धान्त, २०११ ले व्यावसायिक क्षेत्रको समेत मानवअधिकार संरक्षण र सम्मान गर्ने जिम्मेवारी तथा पीडितलाई न्यायिक उपचारमा पहुँच पु¥याउने राज्यको दायित्वप्रति जिम्मेवार हुन आयोगले सरकारलाइ आग्रह गरेको हो ।

त्यस्तै तत्तकाल उखु किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानूनको प्रभावकारी कार्यान्वयनतर्फ संवेदनशील भइ किसानका समस्या समाधान गर्न सरकार र चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै पक्षलाई आग्रह सहित जारी विज्ञप्तिमा उखुखेतीमा निर्भर रहेका किसानले उखु बिक्रीबाट पाउनुपर्ने रकम लामो समयसम्म पाउन नसक्दा नागरिकको संविधानप्रदत्त सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने मौलिकहक कुण्ठित भएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।