शुक्रबार, चैत्र १६, २०८०

आज २२ डिसेम्बर यस वर्षको सबैभन्दा छोटो दिन

काठमाडौं पुस ६,  आज २२ डिसेम्बर यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा सुर्यदय भएको छ भने बेलुकी ५ बजेर १४ मिनेटमा सूर्यास्त हुने भएको छ ।

दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ । हरेक वर्ष जाडोमा हुने सक्रान्ती उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ। जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ ।

हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन् । तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सम्वद्ध विज्ञहरुले बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।