बुधबार, बैशाख ५, २०८१

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

यसवीचमा प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागु गर्नु आजको प्रमुखदायित्व रहेको बताउँदै भ्रष्टाचारलाई निर्मुल पार्न भ्रष्टाचार रोकथामका निरोधात्मक, दण्डात्मक एवं प्रवद्र्धनात्मक सवै उपायहरु अवलम्बन गरिने बताएपनि यसले गति लिन नसकेको अवस्था रहेको छ ।  

काठमाडौं मंसिर २३ , आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष कार्यक्रम आयोजना गरेको छ ।

भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दायर मुद्दाको क्रमाङमा यो आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा भन्दा पाँच हजार उजुरी थपिएका छन् । अर्थतन्त्रलाई देश बनाउने आधारसित जोडेर हेर्ने हो भने नेपालमा भ्रष्टाचारले देशको राष्ट्रिय अर्थतन्त्रलाई नराम्ररी पछाडि धकालिरहेको पाइन्छ। देश बन्नको लागि राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ। विश्वमा आर्थिक रूपले कम विकसित देशहरूलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा देखिएको छ जसलाई त्यहाँको राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाईंदैन। नेपालको वर्तमान अवस्था पनि यस्तै छ त्यसैले देश बनाउने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन।

त्यस्तै राजनीतिक नेतृत्व संलग्न भ्रष्टाचारका मुद्दामा प्रभाकारिता स्थापित हुन सकेको छैन । पछिल्लो समय स्थानीय तहसम्म भ्रष्टाचार बढदै गएको गुनासो सुनिदै आएको छ । त्यस्तै पूर्वमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तसमेत भ्रष्टाचारमा संलग्न रहेको पाइएको छ । यसवीचमा प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागु गर्नु आजको प्रमुखदायित्व रहेको बताउँदै भ्रष्टाचारलाई निर्मुल पार्न भ्रष्टाचार रोकथामका निरोधात्मक, दण्डात्मक एवं प्रवद्र्धनात्मक सवै उपायहरु अवलम्बन गरिने बताएपनि यसले गति लिन नसकेको अवस्था रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30