शुक्रबार, चैत्र १६, २०८०

आजबाट सहिद स्मारक ए डिभिजन लिग शुरु

काठमाडौं मंसिर २८, सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आजबाट शुरु हुने भएको छ । घरेलु फुटबलका १४ ए डिभिजन क्लबबीच हुने प्रतिस्पर्धा अन्र्तगत आज शुभारम्भसत्रको खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ ।

मछिन्द्रले लिग जित्ने लक्ष्यसहित राष्ट्रिय टिमका नियमित ७ खेलाडीलाई यो क्लबमा अनुबन्धन गरेको छन भने ब्रिगेड ब्वाईजमा ए डिभिजन लिगमा डेब्यु गरेका अनिल गुरुङ सहित केही पुराना खेलाडी समावेश गरेका छन । फागुन ३ गतेसम्म चल्ने लिगमा हुनेछ ।

लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख पुरस्कार पाउनेछन । त्यस्तै तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पुरस्कारस्वरुप प्राप्त गर्ने एनफाले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।