बिहिबार, बैशाख १३, २०८१

मौन अवधीको समयमा आचारसंहिताको पालना गर्न आयोगको आग्रह

काठमाडौ मंसिर ११ , निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था निर्माणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

मङ्सिर १४ गते शनिवार हुने प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदमा यही हुने उपनिर्वाचन पूर्वतयारी र व्यवस्थापनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानून र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्नुभएको हो ।

त्यस्तै उहाँले निर्वाचन जति स्वच्छ, स्वतन्त्र र निष्पक्ष, विश्वासनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ भन्नेमा आयोग विश्वस्त रहेको बताउँदै मतदान हुनुभन्दा ४८ घण्टाअघिबाट मौनअवधि शुरु हुने कानूनी व्यवस्था अनुरुप आज राति १२ बजेदेखि उपनिर्वाचनको मौनअवधि शुरु हने जनाउँँदै मौन अवधीमा मतदातालाई अभाव दवाव र प्रभावमा पार्ने काम नर्गन नगराउँन आग्रह गर्नु भएको छ ।

साथै सञ्चार माध्यमलाइ समेत मौन अवधिमा निर्वाचनका सामाग्री वेबसाइड, ट्वीटर, फेबुक, भाइवर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीयमाध्यमको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।