शुक्रबार, चैत्र १६, २०८०

सुुर्तीजन्य पदार्थमा १० करोड १५ लाख बराबरको राजस्व छली गर्ने कम्पनीविरुद्ध मुद्दा

काठमाडौ मंसिर ४,   राजस्व अनुसन्धान विभागले सुर्तीजन्य पदार्थमा रु १० करोड १५ लाख बराबरको राजस्व छली गरेका अभियोगमा विभिन्न कम्पनी विरुद्ध मुद्धा दायर गरिएको छ ।

विभागका अनुसार यसरी मुद्धा दायर गरिएको कम्पनीमा क्रमश कामपा वडा न ३२ स्थित ग्रिन टोवागो कम्पनी प्रालि सञ्चालक प्रभुराम श्रेष्ठ , सफिन एण्ड ब्रदर्स इन्टरप्राइजेजका सञ्चालक सरोज केसी, आरएस स्टोरका मुकेश अग्रवाल, अभिनव सूर्ती उद्योगका सुष्मा गोयन्का, गोल्डन टोवागो इण्डस्ट्रिजका सञ्चालक र सहयोग तथा सुर्ती उद्योगका दिनेश बसुकला तथा ओमसाई सुर्ती उद्योगका जानुका कार्कीले कानून बमोजिम अन्तःशुल्क स्टिकर नलगाई नक्कली कागजात बनाएर सुर्तीजन्य वस्तु निष्काशन गरी रु १० करोड १५ लाख ्कर छली गरेको बुझिएको छ ।

त्यस्तै विभागले काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनले निषेध गरेको कार्य गरेकाले बिगोको दोब्बरसम्म जरिवाना गरी तीन वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दर्ता भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।