बिहिबार, चैत्र १५, २०८०

वडा न. २९स्थित युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित

महानगरको ३८औँ कार्यपालिका बैठक : कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ‘२५औँ महानगर दिवस मूल समारोह समिति’ गठन

काठमाडौ मंसिर ३ काठमाडौँ महानगरपालिकाको ३८औँ कार्यपालिका बैठकले कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ‘२५औँ महानगर दिवस मूल समारोह समिति’ गठन गरेको छ ।  त्यस्तै बैठकले महानगर अन्र्तगत २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गरिएको छ ।

त्यस्तै बैठकले २०६४ सालमा दर्ता भएर सञ्चालनमा आएको सहकारीका १५१ जना सञ्चालक सदस्यीय सञ्चालक २०७४ सालबाट सम्पर्कविहीन भएको आशय सहितको उजुरी सहकारीका निक्षपकर्ताले महानगर अन्र्तगत सहकारी विभागमा दिएसंगै शुरु भएको छानविन पछि सहकारीलाइ समस्याग्रस्त घोषणा गरिएको हो ।

त्यस्तै बैठकले आसन्न १३औँ साफ खेलकुदका सम्बन्धमा छलफल गर्दै बैठकले वडा ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा राजस्व, वातावरण, सूचना तथा सञ्चारसहित सम्बद्ध विभागका अधिकारीसहितको ७ सदस्यीय समिति गठन गर्नुको अलावा कामपा वडा ३१ मा निर्माण सम्पन्न भएको पञ्चकुमारी सामाजिक गुठीको नक्सा स्वीकृत दस्तुर फिर्ता गर्ने र महानगरलाई आश्रित मानिसमुक्त सहर बनाउने अभियानलाई प्रभावकारी बनाएर सञ्चालन गर्ने, मानव सेवा आश्रमसँगको सहकार्य थप २ वर्षका लागि नवीकरण गर्नेलगायत निर्णय गरेको छ ।

साथै बैठकले महानगरमा गुड्ने २० बर्ष अवधि पूरा भएका सवारी साधन बिस्थापन गर्ने क्रममा यातायात व्यवस्था बिभागले माग गरेको रायको सवालम भने बिस्थापन हुने सवारी साधनका सट्टामा ल्याइने सवारी साधन धेरै मानिस अट्न सक्ने, पेट्रोल डिजेलको सट्टा बिजुलीबाट चल्न सक्ने खालको हुनु पर्ने राय दिने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।