शुक्रबार, चैत्र १६, २०८०

गोरखापत्रका तत्कालीन उपसम्पादक पोखरेल सहित २ जना बिरुद्ध मुद्धा दायर

काठमाडौं मंसिर २ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक पदमा कार्यरत वासुदेव पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र B.A.को नक्कली academic transcript and character certificate गरी संस्थानमा सेवा प्रवेश तथा स्तरवृद्धि समेत भएको अभियोगमा निज विरुद्ध  आज मुद्धा दायर गरेको छ ।

त्यस्तै आयोगले प्रस्तुत प्रकरणमा त्रिभुवन विश्वविद्यालयका तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ प्रसाद थपलियाले गलत मनसायका साथ प्रमाणीकरण गरेको देखिएकोले जनाउँदै थपलिया विरुद्ध समेत मुद्धा दायर गरेको छ ।

त्यस्तै आयोगले आजै नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग रु १३ हजार घुस लिदै गर्दा नियन्त्रणमा लिएका अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध पनि मसद्धा दायर गरेको छ ।

यस्तै आयोगद्दारा जारी अर्को विज्ञप्तिमा मालपोत कार्यालय पर्साका तत्कालीन फाँटवाला मनदकुमार गुप्ताविरुद्ध पनि आजै मुद्धा दायर गरेको जनाएको छ । आयागका अनुसार फाँटवाला गुप्ताले आर्थिक वर्ष २०७०/७१ को रजिष्ट्रेसन फाँट ‘ख’मा लिखत पास गर्दा लाभकर नलिएको तथा एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेसन पास गरेको र यमै राजस्व दाखिला नगरी हिनामिना गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।