बिहिबार, बैशाख १३, २०८१

पूर्वराजा शाहको नाइट क्लब डान्सको सर्वत्र चर्चा

 काठमाडौ मंसिर २,  पूर्वराजा ज्ञानेन्द्र शाह राजधानीको  ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स नामक नाइट क्लबमा पुगेर आइतवार गरेको डान्सको प्रसंगमा मुलुकको राजनैतिकवृतमा अनेकन चर्चा चलेका छन । ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स अर्थात (एलओडी)मा , बुहारी हिमानी, छोरीका साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो सार्वजनिक भएसंगै अनेकन प्रतिक्रिया व्यक्त गर्ने क्रममा कतिपय दलीय नेताले पूर्व राजाको सस्तो लोकप्रियता भएको बताएका छन ।

तर राप्रपाका नेता कमल थापाले आफ्नो फेसवुक एकाउण्टमा मार्फत  जनताको राजा, नागरिक राजा , जनताको सुखमा रमाउने,दु:खमा चिन्तित रहने, जनताको साथमा रहने राजा भएको आशय सहितको  प्रतिक्रिया दिएका  छन ।  त्यस्तै  युवा विश्लेषक  ललितध्वज खड्काले  मुलुकको  पछिल्लो राजनैतिक तरलतालाइ  पूर्वराजाको  डान्सले गतिलो झापड दिएको  बताउँदै  छिमेकी मुलुकबाट  नेपाली भूभागमा  भइरहेको  अतिक्रमको घडिमा सवै एकाकार  हुनुपर्छ भन्ने सन्देश दिएको  बताउँनु भएको छ।  साथै उहाँले   रातो र चन्द्र र सूर्य  जंगी निशान हाम्रो वोलको  गानामा  आफ्ना  प्यारा जनतावीच  निर्धक्क  डान्स गर्नु भनेको  आफैमा राष्ट्र र राष्ट्रयीताको लागि   अर्थपूर्ण रहेको जिकिर सहित मुलुकको राजनैतिक वृतको अर्कमण्यताका कारण युवा शक्तिमा देखिएको नैराश्यतालाइ उर्जामा परिणत गर्न पूर्वराजा युवावृत माझ पुग्नु भनेको प्रशसनीय विषय भएको बताए ।

फोटो तथा भिडियो लोड क्लबको फेसबुकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।