बिहिबार, बैशाख १३, २०८१

नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा बज्राचार्य

काठमाडौ मंसिर १,  शनिवार सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो महाधिवेशनले सुरजवीर बज्राचार्यलाई सर्वसम्मतिले बदूको अध्यक्षमा चयन गरेको छ । त्यस्तै दबूको आगामी कार्यकालको लागि उपाध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ, संदीप श्रेष्ठ, महासचिवमा सुनील महर्जन, सचिवत्रयमा केके मानन्धर, राजु नापित, प्रेरणा शाक्य, कोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा बाबुकाजी साछेँ श्रेष्ठ निर्वाचित भएका छन् ।

साथै केन्द्रीय सदस्यहरुमा नविन जोशी, अनुप प्रधान,विजयराम कर्माचार्य, भाइकाजी महर्जन, विराजकाजी राजोपाध्याय, प्रजीत शाक्य, पूर्णभक्त दुवाल, तेजनारायण महर्जन, व श्याम तण्डुकार तथा महिला सदस्यमा हसना लवजु, रुबि श्रेष्ठ, सुनीता महर्जन, मीना वज्राचार्य, अनिता डंगोल लगायतले जिम्मेवारी पाएको समाचार प्राप्त भएको छ ।

यसअघि दबूको महाधिवेशनको उद्घाटनसत्रमा काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकारिताको माध्यमबाट समाजको दिशानिर्देशका लागि निष्पक्ष एवम वस्तुनिष्ठ समाचार र सूचना प्रवाह गर्दै समाज रुपान्तरणमा योगदान गर्न सञ्चारकर्मीलाइ आग्रह गर्नु भएको थियो । त्यस अवसरमा उहाँले उँदै आएका ५ जना व्यक्ति विशेषलाइ पुरस्कृत समेत गर्नुभएको थियो । दबूूका अध्यक्ष श्रीकृष्ण महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सासदद्दय जिवन डंगोल, राजेश शाक्य, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।