बिहिबार, बैशाख १३, २०८१

निर्धारित समयभित्र अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने शिक्षामन्त्री पोखरेलको चेतावनी

काठमाडौं कात्तिक २५, निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट विद्यार्थीहरुबाट असुल गरिएको अतिरिक्त शुल्कको चौतर्फी विरोधका आवाज गुन्जन भइरहेको अवस्थामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अतिरिक्त शुल्क लिएका निजी मेडिकल कलेजलाइ शुल्क फिर्ता दिन १५ दिने अल्टिमेटम दिएको छ ।

त्यस्तै मन्त्री पोखरेलले निर्धारित समयसिमा भित्र शुल्क फिर्ता नगर्ने कलेज माथि ठगीको मुद्दा चलाउने चेतावनीे दिदै चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको जानकारी दिनु भएको छ । साथै उहाँले तालाचाबी बुझाइदिने धम्की दिँदैमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने भन्दै मन्त्री पोखरेलले कानून सबैका लागि लागू हुने प्रष्ट पार्दै १५ दिनभित्र विद्यार्थीका गुनासा सम्बोधन नगर्ने कलेज उपर ठगी मुद्दा चलाउन गृह मन्त्रालयलाई पत्र लेख्ने जनाउ समेत दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा। गोविन्द केसीले उठान गरेका माग पूरा गर्ने तर्फ प्रतिवद्ध हुँदै उहाँले उडान गरेका मुख्य माग सम्बोधनको क्रमा रहेकाले अनशन तोड्न आग्रह गर्नु भएको छ । ज्ञात रहोस चिकित्सा शिक्षा सुधारकालागि आफसंग सरकारले गरेका सम्झौता  पूरा गर्ने तर्फ सरकार उदासिन रहेको भन्दै डा केसी विगत ६ दिन यता देखि डडेल्धुरामा अनशनरत रहनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।