बिहिबार, बैशाख १३, २०८१

शान्तिका लागि धार्मिक सहिष्णुता आवश्यक छ:  कांग्रेस सहमहामन्त्री डा.महत

भारत,केरला कार्तिक २२, नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले दक्षिण एसियाका विभिन्न मुलुकमा आपसी सम्झदारी,भाइचारा,समानता र सहिष्णुता बढाएर दक्षिण एसियामा भएका देश र जनता वीचको   दुरीलाई कम गर्नुपर्ने बताउँदै  एक अर्काको धर्म सँस्कृती र रितिरिवाजलाई सम्मान गर्दै फरक समुदायका बिचमा पनि समानता खोज्नु पर्ने बताउनु  भएको  छ ।

आज भारतको केरलामा सुरु भएको साफको २९ औ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले प्रस्तुत  अभिव्यक्ति दिनु भएको  हो  ।  कार्यक्रमको प्रमुख अतिथि समेत रहेका  डा .महतले गौतम बुद्धको जन्म भएको देशमा हिन्दु,बौद्ध,इसाई,मुस्लिम लगायतका विभिन्न धर्महरु बिचको सहिष्णुता अनुकरणीय रहेको औल्याए ।

धार्मिक सहिष्णुता बिना कतै पनि शान्ति नआएको भन्दै शान्तिका लागि धार्मिक सहिष्णुता आवश्यक    पर्ने   बताउँदै       एक  समुदायले अर्को समुदायलाई र एउटा धर्मले अर्को धर्मलाई सम्मान गरेर मात्रै बिश्वमा शान्ती प्राप्त हुने जिकिर गरे। साफको सम्मेलनको अध्यक्षता भारतका प्रसिद्ध चिन्तक श्री सत्य पालले गरेका थिए भने सम्मेलनमा नेपाल,भारत,बंगलादेश, श्रीलंका, भुटान लगायतका मुलुकबाट भाग लिन १५० जना प्रतिनिधि भारतको केरलामा पुगेका छन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।