बिहिबार, चैत्र १५, २०८०

कृष्णनगर मूर्ति विसर्जन प्रकरण: अनिश्तिकालीन कर्फ्यु आदेश अझै जारी

कृष्णनगर कात्तिक १५,  कृष्णनगरमा लक्ष्मीपूजाको मूर्ति विसर्जनको विषयमा भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका सुरज पाण्डेको शव पोस्टमार्टमपछि आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

यद्यपी स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि जारी गरेको अनिश्तिकालीन कर्फ्यु आदेश जारी रहेको जनाएको छ ।

त्यस्तै जारी कर्फ्यु आदेशकै अवस्थामा गएराति १ बजेतिर प्रमुख जिल्ला अधिकारी, प्रदेश नम्बर–५ प्रहरी प्रमुख, एसपी, डीएसपीलगायतको उपस्थितिमा मूर्ति विसर्जनको कार्य समेत सम्पन्न गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।