शुक्रबार, चैत्र १६, २०८०

१३ औं सागको आइतवार एक भव्य कार्यक्रमकावीच राष्ट्रपतिबाट उद्घाटन हुँने

मार्च पासमा नेपालको झण्डा भारत्तोलनका नेपाली खेलाडी  अधिकारीले बोक्ने निश्चित

काठमाडौ मंसिर १४ ,  १३ औं दक्षिण एसियाली खेलकुद सागको आइतवार एक भव्य कार्यक्रमकावीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीबाट  उद्घाटन हुँने भएको छ ।

साँझ ५ बजे सुरु हुने उद्घाटनसत्रको क्रममा प्रत्येक देशको झण्डासहित मार्च पास गर्ने क्रममा नेपालको झण्डा भारत्तोलनका नेपाली खेलाडी कमलबहादुर अधिकारीले बोक्ने निश्चित भएको छ । यसअघि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम चर्चामा रहेपनि  अन्तिम समयमा नेपाल ओलम्पिक कमिटीले कमलको नाममा निर्णय गरेको हो   ।

त्यस्तै नेपाल सहित दक्षिण एसियाका सात राष्ट्रवीच विभिन्न खेलमा प्रतिष्पर्धा हुने प्रस्तुत प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रस्तुत हुने बताईएको छ । साग अन्र्तगत मंसिर २४ गतेसम्म चल्ने विभिन्न २८ खेलका प्रतियोगिता मध्ये आठ प्रतियोगिता पोखरामा र कुस्ती जनकपुरमा हुने आयोजकले जनाएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।