बुधबार, बैशाख १२, २०८१

स्थानी तह अन्र्तगत ३५ जिल्लाको कुल ४८ पदका लागि २८१ जना उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं कार्तिक २७, मंसिर १४ गते सम्पन्न हुने आसन्न उपनिर्वाचन अन्र्तगत ३५ जिल्लाको ४४ स्थानमा स्थानीय तहको १ नगरप्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्ष समेत गरि कुल ४८ पदको का लागि हुने उपनिर्वाचनको बुधवार सम्पन्न मनोनयन दर्ता कार्यक्रम अन्र्तगत २८१ जना उम्मेदवारले मनोनय दर्ता गराएको छ ।

 यस्तो छ मनोनयन दर्ता सम्वन्धी सम्पूर्ण विवरण  

यस मध्ये प्रमुख राजनैतिक दलसहित दलीय उम्मेदवारको सख्या २१७ र स्वतन्त्र उम्म्मेदवारको सख्या ६४ रहेको छ । त्यस्तै मनोनय दर्ता गराउँने उम्मेदवार मध्ये महिला उम्मेदवारको सख्या २६ रहेको आयोगले जनाएको छ । उम्मेदवार मनोनयनका लागि आयोगले आज विहान १० बजे देखि १ बजेसम्मको समयसिमा निर्धारण गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।