शुक्रबार, चैत्र १६, २०८०

सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेको सख्या १३ पुग्यो

काठमाडौं कार्तिक १७ , देउरालीबाट काठमाडौका आउँदै गरेको शैलुंगेश्वर यातायातको  वा२ख ७२४५ नंको यात्रुवाहक बस अरनिको राजमार्गअन्तर्गत सुकुटेबिच नजिकै रहेको सुनकोशी नदीमा खस्दा भएको भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । १० जना यात्रुको घटनास्थलमै र बाँकी ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको तर्फबाट उद्धार कार्य भइरहेका जानकारी दिदै बसमा ४० भन्दा बढी यात्रु सवार रहेको बताईएको छ ।

त्यस्तै दुर्घटनाका घाइतेहरुको स्थानीय सिन्धु सहाबहार अस्पतालमा त्यस्तै गम्भीर घाइतेलाई उपचारको लागि राजधानी पठाईएको प्रहरीले जाएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।